रुपन्देही व्यापार संघका उम्मेदवारी दर्ता अध्यक्षमा लोहनी निर्विरोध १६ सदस्यका लागि २५ जनाको उम्मेदवारी

by समतल अनलाइन

बुटवल । रुपन्देही व्यापार संघको आगामी २८ गते हुन गइरहेको १० आंै अधिवेशन अन्तरगत नया नेतृत्वका लागि हुने निर्वाचनका लागि सोमवार उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । संघको कार्यालयमा भएको मनोनयन दर्तामा अध्यक्षसहित केही पदमा एकल उम्मेदवारी परेको जनाइएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा यमलाल लोहनी, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितिय उपाध्यक्षमा प्रकाश ढकाल, कोषाध्यक्षमा दीपक प्रसाद अधिकारी र सहकोषाध्यक्षमा ऋषिराम पाण्डेको एकल उम्मेदवारी परेको छ ।
त्यसैगरि सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज तथा शाखा सदस्यतर्फ सालझण्डीमा खिमानन्द पोखरेल, सेमलारमा पूर्णप्रसाद काफ्ले र फर्साटिकरमा रेशमलाल उपाध्यायको मात्र उम्मेदवारी परेको जनाइएको छ ।
यता महासचिवमा दयानिधि भण्डारी र केशव खनाल, सचिवमा नामदेव पाण्डे र कृष्ण प्रसाद अर्याल तथा सहसचिवमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डेको उम्मेदवारी परेको छ ।
संघको खुल्ला सदस्यतर्फ १६ स्थानका लागि २५ जनाको उम्मेदवारी दर्ता भएको छ । सदस्य पदमा बालकृष्ण वस्याल, मेघनाथ पौडेल, माधव प्रसाद ज्ञवाली, विनीत भट्टराई, रितेश ज्ञवाली, मनिमदिन मिया, गिता भण्डारी खनाल, लक्ष्मण ज्ञवाली, पिताम्बर अर्याल, विष्णु प्रसाद घिमिरे, अर्जुन प्रसाद भट्टराई, झविन्द्र अधिकारी, कमल नेपाल, ठाकुर प्रसाद आर्चाय, मिलन सुनार, शोभा कुमारी क्षेत्री(जोशी), गेहेन्द्रराज न्यौपाने, बाबुराम खनाल, वृन्दा भट्टराई(आर्चाय), मनहरि बस्याल, मनिराम खनाल, प्रकाशराज पौडेल, जिवलाल पौडेल, खगुलाल गिरी र भिमबहादुर पोखरेलले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ता फिर्ताका लागि कार्तिक २७ गते अपरान्ह ११ वजेसम्मको समय राखिएको छ ।

 
 
  
 

You may also like