इन्सेक रुपन्देहीले परियोजना परिचयात्मक तथा मानब अधिकार समुह गठन बैठक सम्पन्न

by समतल अनलाइन

बुटवल । अनौपचारिक सेवा केन्द्र इन्सेक रुपन्देहीले परियोजना परिचयात्मक तथा मानब अधिकार समुह गठन बैठक सम्पन्न गरेको छ ।
अनौपचारिक सेवा केन्द्र, इन्सेक रुपन्देहीले मानब अधिकारको संरक्षण सम्वद्धन गर्दै स्थानीय समुदायलाई सचेत र जबाफदेही बनाउने कार्यक्रम अन्तरगत परियोजना परिचयात्मक तथा मानब अधिकार समुह गठन कार्य सम्पन्न गरेको हो ।

स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला, बालबालिका, दलित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको पहुँचका लागि माग गर्न क्षमता अभिवृद्धि गर्ने काम इन्सेकले गदै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिका प्रमुख शिबराज शुवेदिले इन्सेकले बिगतदेखि नै मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गदै आएको बताउनु भयो इन्सेकको क्षेत्रमा आफुले पनि बिगत देखी नै काम गदै आएको बताउदै । इन्सेकले जुन खालको शिक्षा स्वास्थ्य आबासका साथै पिछडिएका समुदायका क्षेत्रमा इन्सेकले महत्वपूर्ण काम गर्दै आएकोमा खुसी व्यतm गरे । बुटबल उपमहानगरपालिका भित्र रहेका गरिब पिछडी अल्पशख्याहरुको एउटा निगरानि गर्ने जुन कार्यक्रम छ यो निकै महत्वपूर्ण रहेको बताए ।

इन्सेकले बुटबल उपमहानगर पालिका भित्र गर्ने हरेक कार्यक्रममा नगरपालिका सगं सहकार्यगरि अगाडी बढन आग्रह गरे तेसको निम्ती बुटबल उपमहानगर सहकार्य गर्न सधै तयार हेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली कागे्रस बुटबल उपमहानगरपालिका सचिव ज्योति भण्डारीले मानव अधिकार निगरानि समिति एउटा स्वतन्त्र क्षेत्र रहेको हुनाले यसमा कुनै राजनितिक क्षेत्र नहुन आग्रह गरे । इन्सेकले बिगत देखी नै शिक्षा स्वास्थ आबासको क्षेत्रमा काम गदै आएको धन्याबाद व्यतm गदै आगामी दिनमा यसलाइ निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रदेश न पाचँ नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत के सीले इन्सेकले मानब अधिकारको क्षेत्रमा निकै महत्वपूर्ण काम गदै आएको बताए । रुपन्देही शिक्षा स्वास्थ्य आबासको समस्याका पछि परेका मानिहरु धेरै रहेको हुनाले यि पछि परेका समुदायलाई अगाडी बडाउन इन्सेकले ठुलो भुमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देही जिल्ला उपाध्यक्ष दिेनेश पाण्डेले इन्सेकले गरेको कामहरुको उच्च मुल्याङकन गदै विगत देखी नै इन्सेकले शिक्षा स्वास्थ्य आबाशको क्षेत्रमा ओकालत गदै पछि परेको सम्दायलाइ अगाडी बढाउनको निमित महत्वपूर्ण भुमिका खेलेको बताए ।
कार्यक्रममा अमृत गीरि , इन्सेक कपिलबस्तु जिल्ला प्रतिनिधी नन्दराम पौडयल इन्सेकको बारेमा जानकारी गराउदै आगामी दिनममा इन्सेकले गर्ने कामहरुको बारेमा जानकारी गरायका थिए ।

कार्यक्रममा कमला भण्डारी ज्ञावलीको नेतृत्वमा पन्ध्र सदस्य मानब अधिकार निगरानी समिति गठन गरेको छ । जसमा अध्यक्ष कमला भण्डारी ज्ञावली , उपाध्यक्ष डोलराज पाण्डे, सचिव जमुना थारु कोषध्यक्ष सन्जय गुप्ता , सदस्याहरुमा बाबुराम पौडयल , जगनाथ बस्याल , उमा न्यापाने , सन्जु थापा बिमला अधिकारी , शेरजन गुरुङ्क चन्द्रीका प्रसाद चौधरी , सुमित खनाल ,कृष्ण सुनावर, शुसिल घिमिरे सदस्यमा रहने गरि सगै कमिटिले सिल्लाहकार र बिशेष सल्लाहकार समेत गठन गरेको छ ।

कार्यक्रम वडा न ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रिको अध्यक्षयता तथा इन्सेक रुपन्देही जिल्ला सहजकर्ता विष्णु घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like