सगरमाथा आवासिय माबिलाई आईएसओको मान्यता

बुटवल । रुपन्देहीको देवदह सितलनगरमा रहेको सगरमाथा आवासीय माविले आईएसओको लोगो प्राप्त गरेको छ । विद्यालयले शिक्षाको गुणस्तर, भौतिक संरचना, ब्यवस्थापन र सुरक्षा प्रणाली लगायतका मापदण्ड पुरा गर्दै अन्तर्राष्ट्रिय मान्यताको आईएसओको लोगो अंकित प्रमाणपत्र प्राप्त गरेको हो ।

आईएसओका नेपाल प्रतिनिधी सुदिप शर्माले विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेललाई आईएसओ अंकित लोगो प्रमाणपत्र प्रदान गर्दै शैक्षिक गुणस्तरमा अझै अब्बल बन्न सुझाव दिनुभयो ।

विद्यालल संचालक समितिका अध्यक्ष डिल्लीराज मरासीनीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शैक्षिक गुणस्तर दिनुका साथै शैक्षिक क्षेत्रमा ठुलो जनशक्ति उत्पादन गर्न सफल बनेको सगरमाथाले आईएसओको प्रमाणपत्र पाउनु गर्वको कुरा भएका भन्दै खुशी ब्यक्त गर्नुभयो ।

उहाँले विद्यालय यस अगाडि नै नेपाल सरकारद्वारा क वर्गको विद्यालयको रुपमा स्थापित भई सकेको उल्लेख गर्दै अवको ३ वर्षमा नै अन्तराष्ट्रिय गुणस्तरको विद्यालयको रुपमा मान्यता प्रापत गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

विद्यालयका एकसय दश शिक्षक कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको विद्यालयका सहप्राचार्य प्रदिप अधिकारीले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like