जापानले अमेरिकासँग ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

by समतल अनलाइन

काठमाडौं । जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

महिनाको सुरुमा जापानी रक्षामन्त्रीले आउँदो आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि १ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको रकम छुट्याएको जानकारी दिएका थिए । चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता विस्तार गर्न चाहेको विश्लेषण हुँदै आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशंकाबीच जापान सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो ।

 
 
  
 

You may also like