सृजनशिल हातहरुको पहलमा भैरहवामा पनि कपडा बैकंको स्थापना

१९ श्रावण २०७६, आईतवार

रिया बस्नेत ।
बुटवल । तपाईहरुले दिनुहोस साथ , उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात भन्ने मुल कुरा लाइ आत्मसात गर्दै गोर्खाली युवा सशक्तीकरण ले प्रदेश न ५ को अस्थायी राजखधानी बुटवलमा कपडा बैक खोलेका छन ।

तेहीं कार्य बाट प्रेरित रहि भैरहवाको प्रहरी टोलमा पनि ूसृजनशिल हातहरुू र गोर्खालि युवा सशक्तिकरण सस्थाको संयुक्त सहयोगमा कपडा बैंक को स्थापना गरिएको छ । हाम्रो पुरातनवादि समाजमा राम्रो कामको भन्दा नराम्रो कामको चर्चा परिचर्चा बढि हुने गरेको प्रशस्त उदाहरणहरु छन ।तर पछिल्लो समय शिक्षित र युबा लक्षित कार्यक्रम हरुले गर्दा राम्रो कामको पनि उत्ति नै चर्चा बढेको छ।तेस्तै एक उदाहरणिय काम गोर्खालि युबा शसक्तिकरण र ूश्रृजनशिल हातहरुूनामक संस्थाको संयुक्त सहयोगमा अति बिपन्न गरिब बर्गलाई लक्षित गर्दै कपडा बैंकको स्थापना गरेका छन। पैसामा कारोबार हुँदैन, लेनदेन सित्तैमा हुन्छ। धेरै मान्छे छन् जसले एउटै लुगा वर्षौंसम्म लगाउने गर्दैनन्। नच्यातिएका र लगाउन मिल्ने लुगा पनि अलि पुरानो भएपछि फोहोरमा लगेर फालिरहेका हुन्छन्।समाजमा असाहय गरिब दिन दुखी जस्ले अबाश्यकता अनुसार न्यानो को स्पर्स गर्न पाएका छैनन ।

त्यस्ता ब्याक्तीले यी कपडा हरु सदुपयोग गर्न पाउँदा खुशी रहेको र समाजमै एउटा उदाहरणिय काम गरेका गोर्खाली युथ सस्थाका अध्यक्ष भरत पुरिले जनाउनु भएको छ। यो अभियान अति न्यून आय हुने परिवार र बेवारिस ब्यक्तिहरुलाई लक्षित गरि गरिबका कारण कोहि पनि नाङ्गो बस्न नपरोस भन्ने महान उद्धश्यका साथ यो अभियान चलाएको सृजनशिल हातहरु सस्थाकि अध्यक्ष रमिला थापा मगर ले बताउनु भयो। उक्त अभियानमा धेरै जनाले सहयोगि हात हरु अगाडि बढाउनु हुने छ ।सबैको साथ र सहयोग को अपेक्षा राख्दै अगाडि बढ्न गोर्खाली युथ सस्थाका संरक्षक नरेस्वर पौडेल प्रेरित गर्नु भएको छ । भने यो कार्यक्रम कुनै लगानी बिना सजिलोसँग अभियान चलाएका छौ र यसै अभियान बाट हरेक ठाउका युवा हरुमा सकारात्मक सोच र उर्जा प्रदान गर्न सहयोग हुनेछ भन्दै यसै सस्थाका कोषाध्यक्ष मदन ज्ञवालीले प्रतिबद्धता गर्नु भयो । युबाहरुको यस्तो उदारणिय काम ले हाम्रो समाजमा अति बिपन्न वर्ग जो कोहि नाङ्गो बस्ने छैनन भन्दै युबाहरुको यस्तो काम देखेर बाटोमा हिड्नेहरु सबै दङ्ग पर्दै प्रशंसा गरिरहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया