गोर्खाली युवा जुटे नेपाल जुटाउने अभियानमा

by समतल अनलाइन

बुटवल। भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछी नेपाली जनता हरु भारत प्रति रुष्ट हुँदै देश व्यापिरुपमा बिरोध प्रदर्शन गरेका छन ।

आफ्नो मातृभुमि बचाउन साथमा साथ र हातमा हात अङगाल्दै गोर्खालि युबा शसंक्तिकरण संस्था रुपन्देहिले पनि आक्रोशित हुदै बुटवलको पुष्पलाल पर्कमा नाराबाजि गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत रुपमै नेपालको भूमि अतिक्रमण गरेको भन्दै देशभरका विभिन्न ठाउँबाट युबाहरुले विरोध प्रदर्शन भैरहेको छ।

नेपालि भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।गोर्खालि युवा शसंक्तिकरण संस्थाका अध्यक्ष भरत पुरिको नेतृत्वमा युबाहरुले बिहिबार बुटबलको षुष्पलाल पार्कमा बिरोध प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन।

उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद, नाङो खुकुरी लिएर कालापानी र लिपुलेक जान नपरोस,हाम्रो मातृभुमि प्राण भन्दा प्यारो छ ,नेपाली वीर गोर्खालि मर्छ तर मातृभुमि मर्न दिदैन आफ्नो देशको माटोको लागि ज्यान दिने चाहे छातिमा गोलि खान किन नपरोस भन्दै नाराबाजीसमेत गरेका थिए।

 

 
 
  
 

You may also like