बुटवलमा रामकृष्ण ढकाल साँझ हुँदै

by समतल अनलाइन

बुटवल । बुटवलमा चर्चित गायक रामकृष्ण ढकालको एकल साँझ हुने भएको छ ।जाज ईभेन्ट्स एण्ड ट्राभल्सको आयोजना यही कार्तिक २३ गते शनिबार रामकृष्ण एकल साँझ हुने हो । साँझको सबै तयारी पुरा भएको आयोजक संस्था जाज ईभेन्ट्स एण्ड ट्राभल्सले रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।ईभेन्ट्सका अध्यक्ष उमेश अधिकारीका अनुसार २३ गते शनिबार साँझ ५ः ३० बजे देखि साँझ १० बजेट सम्म बुटवल गोलपार्कमा रहेको एभिन्यु होटलमा उक्त कार्यक्रम आयोजना हुनेछ

कार्यक्रममा सहभागिताको लागि १ हजार रुपैयाँको टिकट राखिएको छ । कार्यक्रमबाट आम्दानी भएको रकमबाट केही निश्चित प्रतिशत अनाथ आश्रमममा सहयोग गरिने छ । ईभेन्ट म्यानेजमेन्ट संयोजक मनोरथ अर्यालका अनुसार कार्यक्रममा ३ सय ५० देखि ४ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।करिव ७ लाख रुपैयाँ लागत अनुमान गरिएको कार्यक्रममा टुर्वोग, रुस्लान भोड्का, क्याम्पाकोला, डाबर नेपाल, स्टडी वल्र्ड छन् ।

 
 
  
 

You may also like