सडकमा उत्रिए विद्यार्थी-‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’ !

by समतल अनलाइन

बुटवल। भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै अर्घाखाँचीमा पनि ‘गो ब्याक इण्डिया’को नारा लगाइएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी [नेकपा] सम्बद्ध अनेरास्ववियु, कांग्रेस सम्बद्ध नेबिसंघ र जनमोर्चा निकट अनेरास्ववियु [छैठौं] लगायतका विद्यार्थी संगठनले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै बिहीबार बिहान विरोध प्रर्दशन गरेका हुन्।

‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’ लेखिएको प्ले कार्डसहित र्‍याली गरेका विद्यार्थी संगठनहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

 
 
  
 

You may also like