ईस्लामिक धर्मगुरु मोहम्मद मुस्तफाको १४९४ औैं जन्मदिनमा मानव सेवा आश्रममा खाद्यान्न प्रदान

by समतल अनलाइन

बुटवल । मुस्लिम युथ क्लव बुटवलले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न तथा सरसफाईका समान प्रदान गरेको छ । ईस्लाम धर्मका (ईस्लामिक धर्मगुरु) मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वोसल्लमको १४९४ औैं जन्मदिनको अवसरमा मुस्लिम युथ क्लव बुटवलले मानव सेवा आश्रममा खाध्यान्न चामल, दाल, मैदा, चाउचाउ, बिस्कुल, फलफूल तथा सरसफाईका सामानहरु साबुन, सरफ, हार्पिक, मञ्जन, ब्रुस लगायतका सामान प्रदान गरेको हो ।

बिहिबार आश्रममा आयोजना गरिएको कार्यक्रममा क्लवका अध्यक्ष हकिम वारसी मियाँ तथा सामाजिक अभियान्ता बुटवल हस्पिटल प्रालिका प्रवन्ध निर्देशक मुक्तिराज पौडेलले आश्रममा सञ्चालक सदस्य लोकनाथ भुसाल, शेरबहादुर गोतामे क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

सामान हस्तान्तरण गर्दै सामाजिक अभियान्ता पौडेलले जसले जे जे धर्म मानेपनि सबै धर्मको मुल उद्देश्य मानव सेवा र सत्कर्म भएको बताउनु भयो । उहाँले मुस्लिम समुदायका युवाहरु मानवताको सेवामाकालागि मावन सेवा आश्रममा आएर खाद्यान्न प्रदान गरेकामा धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।

सामान ग्रहण गर्दै आश्रमका सञ्चालक सदस्य लोकनाथ भुसालले यस्तै सहयोगी हातहरुबाट नै आश्रम सञ्चालन हुँदै आएको बताउँदै सहयोग सामान्य देखिएपनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । हेटौडाबाट सुरु भएको मावन सेवा आश्रमको हाल सातै प्रदेशमा शाखा सञ्चालनमा रहेको र देशभर करिव १ हजार ५ सय जना सडक मानवलाई आश्रममा ल्याउने काम भएको बताउनु भयो । उहाँले बुटवल मानव सेवा आश्रमबाट ८० जना सडक मानवलाई आश्रममा ल्याएर सेवा प्रदान गरिएको पनि जानकारी गराउनु भयो ।

मुस्लिम युथ क्लव बुटवलका अध्यक्ष हकिम वारिस मियाँले धर्मभन्दा ठूलो मानवीय सेवा भएकाले आफ्नो समुदायको धर्मगुरुको जन्मदिनको अवसर पारेर मानवीय सेवाकालागि मानव सेवा आश्रममा दैनिक उपभोग्य बस्तुहरु प्रदान गरिएको जानकारी गराउनु भयो । क्लवका संस्थापक अध्यक्ष सल्मान मियाँले ईस्लामिक धर्मगुरु मोहम्मद मुस्तफाले कसैको पनि मजबुरीको फाईदा उठाउन नहुने, मातृभूमिको रक्षाकालागि प्राण आहुती दिनपनि पछि पर्न नुहेन लगायतका मानव समर्पित सन्देश दिएको बताउनु भयो ।

त्यस अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका उपाध्यक्ष सफातुल्लाह रजा, मदिना मस्जिद बुटवलका प्रवन्धक सकुर मियाँ, रजा ए मुस्तफा मस्जिद बुटवलका वरिष्ठ उपाध्यक्ष रहमद मियाँ, क्लवका कोषाध्यक्ष असरफ खान, अजिज हुसैन लगायतले सबैधर्मको एउटै उद्देश्य मानव सेवा रहेको र ईस्लामिक धर्मगुरु मोहम्मद मुस्तफाको उपदेश पनि मानव हितमा तथा मानवको सेवामा रहेको बताउनु भएको थियो । २०६८ सालमा स्थापित क्लवले धार्मिक गतिबिधिसंगै सामाजिक कामहरु नियमित रुपमा गर्दै आएको क्लवले जनाएको छ ।

 
 
  
 

You may also like