पाकिस्तानमा बम विष्फोट : ६ सुरक्षाकर्मीको मृत्यु, १७ जना घाइते

by समतल अनलाइन

इस्लामावाद । पाकिस्तानमा श्रृंखलाबद्ध रुपमा भएको बम विष्फोटमा ६ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।
पाकिस्तानको बलुचिस्तानमा भएको ७ वटा बम विष्फोटमा १७ जना घाइते भएका छन् । सुरक्षाकर्मीको गस्तीलाई लक्षित गरी रिमोट कन्ट्रोलबाट गरिएको विष्फोटका कारण दर्जनौं सवारीसाधन र भवनहरुमा क्षति पुगेको छ ।

गत आइतबार पनि बलुचिस्तानमा भएका ५ वटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा सैनिकको मृत्युसँगै १५ जना घाइते भएका थिए । घटनाको जिम्मेवारी कसैले लिएको छैन । घटना लगत्तै सोही क्षेत्रमा सुरक्षा ब्यवस्था कडा तुल्याई सर्च अभियान थालेको छ ।

 
 
  
 

You may also like