माघ २७ गतेबाट सातौँ देवदह औद्योगिक ब्यापार मेला

by समतल अनलाइन

देवदह ।रुपन्देहीको देवदहमा सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण भन्ने मूल नाराका साथ उद्योग व्यापार संघ देवदहको आयोजनामा यहि माघ २७ गतेबाट महोत्सव हुन लागेको हो।

सोमबार देवदहमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले स्थानिय उद्योग तथा व्यवसायको प्रबर्धनका लागि देवदहको गौरबको रूपमा महोत्सब आयोजना गरिएको बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष मेघराज ढकालले कोरोना महामारी र त्यस यताको वित्तिय तरलता संकटमा रहेको व्यवसायलाई चलायमान गराउनको लागि पनि मेला महत्वपूर्ण हुने विश्वास गरिएको बताए।

संचारकर्मीसंग कुरा गर्दै संस्थाका सस्थापक अध्यक्ष गोविन्द ठटराईले मेलामा २५० बढी स्टल रहने र कम्तिमा १० करोडको कारोबार हुने लक्ष्य लिईएको जानकारी दिए। कृषि, उद्योग र अटोमोबाइल तथा होटल रेष्टुरेन्टको गरि अलग अलग स्टल रहने र स्थानिय कृषिका उत्पादनका लागि निशुल्क स्टल उपलब्ध गराईने उनले बताए। मेलाको टिकटबाट संकलन हुने रकमबाट निश्चित रकम देवदहको समाजिक एवं पर्यटकीय विकासको कार्यमा खर्चिने संघले जनाएको छ।

मेला संचालनको लागि ५१ सदस्यीय मेला मूल आयोजक समिती गठन गरिएको र विभिन्न उपसमितिहरू गठन गरेर तयारीमा अगाडी बढेको आयोजकले जनाएको छ ।

जसको प्रचार प्रसार उपसमितिमा दिपक न्यौपाने, साँस्कृतिक उपसमितिमा राम प्रसाद गैरे, स्टल दर्ता उपसमितिमा अमृत फुल्लेल क्षेत्री, स्टल निर्माण उपसमितिमा पर्शुराम कंडेल, सुरक्षा उपसमिति गणेश कुमार खाती, प्रायोजक तथा बिज्ञापन उपसमितिमा गोबिन्द बहादुर ठडराई, संघ संस्था समन्वय उपसमितिमा मोतिलाल ढकाल, महिला समुह तथा स्वयंसेविका समन्वय उपसमितिमा देवी ढकाल, गेट टिकट व्यवस्थापन उपसमितिमा शिव ढकाल, प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापन उपसमितिमा प्रेम क्षेत्री, र्याली व्यवस्थापन उपसमितिमा टिका पौडेल, मंच व्यवस्थापन उपसमितिमा दिपक थापा, प्रेस समन्वय उपसमितिमा बिष्णु पोखरेल, अतिथि सत्कार उपसमितिमा जित कुमारी राना रुपा, पर्यटन प्रवर्दन व्यवस्थापन उपसमितिमा यमलाल तिवारी भरत, कृषि प्रवर्दन व्यवस्थापन उपसमितिमा बिष्णु पाण्डे, सरसफाई उपसमितिमा सागर अधिकारी, खेलकुद व्यवस्थापन उपसमितिमा प्रेम थापा, विद्यालय समन्वय उपसमितिमा सि बि थापा, रक्दान समन्वय उपसमितिमा पवन पौडेल, खानेपानी तथा विद्युत व्यवस्थापन उपसमितिमा कृष्ण न्यौपाने, टोल विकास समिती समन्वय उपसमितिमा केशव पुन र मेला अनुगमन उपसमितिमा रमेश थापालाई संयोजन तोकेको छ।

मेलाको सह-आयोजक देवदह नगरपालिका, उद्योग व्यापार महासंघ, काठमाडौ, उद्योग व्यापार संघ र लुम्बिनी प्रदेश रहने संघले जनाएको छ।

स्वाधिन अर्थतन्त्र निर्माणको लागि औद्योगिकिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ २०६८ सालमा उद्योग ब्यापार संघ, देवदहमा पहिलो पटक मेला आयोजना गरेको थियो । त्यसयता हरेक वर्ष उद्योग ब्यापार संघ देवदह, देवदह व्यापार संघ र देवदह उद्योग बाणिज्य संघले आलोपालो मेला आयोजना गर्दै आएका छन्।

५२५ जना उद्योगी व्यापारीहरु आबद्ध भएको देवदह ब्यापार संघले स्थापना लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम, सरसफाई सम्बन्धी कार्यक्रम, प्रथम तिज गित महोत्सब देवदह सडक खाना महोत्सब फूड फेस्टिवल लगायतका कार्यक्रम गर्दै आएको छ।

 
 
  
 

You may also like