लुम्बिनी प्रेस क्लवको प्रथम विधान सम्मेलन

by समतल अनलाइन

भैरहवा।लुम्बिनी प्रेस क्लब प्रथम विधान सम्मेलन गरेको छ । सोमबार भैरहवामा संस्थाका सदस्यहरुको उपस्थिति भइ एक कार्यक्रमका बिच विधान सम्मेलन भएको हो ।

सोमबार क्लबका महासचिव तथा बिधान संसोधन समिती संयोजक कमल रायमाझीले बिधानमा संसोधन गर्नुपर्ने केही बुदाहरु पेश गरेपछि त्यसमाथी छलफल भएको थियो ।

क्लबका पुर्व अध्यक्ष, सल्लाहकार,कार्यसमिती सदस्य, समिती संयोजक र साधारण सदस्यहरुको उपस्थितीमा भएको सम्मेलनमा बिधान माथी सुझाबहरू दिइएको थियो ।

सम्मेलनमा बोल्दै रायमाझीले क्लबको कार्यक्षेत्र, पदाधिकारी संख्या, सदस्यता बितरण लगायत बिषयलाई प्राथमिकता राखेर संसोधनको प्रस्ताव पेश गरेका थिए ।

तत्कालिन समयमा आवश्यक र प्राथमिकताका आधारमा विधान बनाइएको भएपनि समय र परिवर्तन सँग परिवर्तन हुनु आवश्यक रहेको संस्थापक अध्यक्ष माधब ढुङ्गानाले बताए । क्लवका अध्यक्ष नरेश केसीले कुनै पनि संस्थाको महत्वपुर्ण कुरा भनेकै बिधान हो ।

केसीले लुम्बिनी प्रेस क्लबलाई थप मजबुत बनाउनको लागी बिधान सम्मेलनले भुमिका खेल्ने बताए । बिधान सम्मेलनमा प्रस्तावित बिषयहरु क्लवको बिस्तारित बैठकले पारित गर्ने छ ।

 
 
  
 

You may also like