अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विष्फोट, १९ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विष्फोट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विष्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विष्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । इन्धन बोकेको ट्याङ्कर विष्फोट हुनुको कारण खुलेको छैन । विष्फोटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

 
 
  
 

You may also like