अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको हत्या, २६ घाइते

काठमाडौं । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी कम्तीमा २० जनाको हत्या गरेको छ ।

एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा उक्त बन्दुकधारीले गरेको अन्धाधुन्ध आक्रमणबाट यतिठूलो संख्यामा हत्या भएको हो ।

घटनामा परी २६ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अन्धाधुन्ध गोली प्रहारपछि भागदौड मच्चिएको थियो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले २१ वर्षीय प्याट्रिकम क्रुसियसलाई पक्राउ गरेको छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये एक रहेको बताएका छन् ।

 
 
  
 

You may also like