विष्णु पौडेलको मत घट्ने यस्ता छन् ‘फ्याक्टर’

by समतल अनलाइन

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र न. २ मा सत्ता गठबन्धनका उम्मेद्वार नेकपा एकिकृत समाजवादीका नेता राजु गुरुङको उम्मेद्वारी खारेजीसँगै विष्णुु पौडेल विजयी भइसकेको जसरी प्रचार शुरु गरियो ।

एमाले कार्यकर्ताले रुपन्देही २ मा अब पौडेललाई टिका मात्रै लगाइदिए हुन्थ्यो जसरी सामाजिक सञ्जालमा स्टाटस लेखेँ । तर, त्यसरी कार्यकर्ता खुुशी भएपनि एमालेका उपाध्यक्ष समेत रहेका पूर्व अर्थमन्त्री पौडेलको मनमा चैयन भने छैन ।

सत्ता गठबन्धनले गुरुङको उम्मेद्वारी खारेज गरेपनि विकल्पमा राष्ट्रिय जनमुुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूूर्यवंशीलाई समर्थन गरेपछि पौडेलको त्रासदी झनै चुलिएको छ । सार्वजनिक रुपमा आफूूसँग प्रतिस्पर्धी नै नभएको बताउने पौडेललाई बुुटवलमै हुर्किएको बौद्धिक र शिक्षित युवालाई गठबन्धनको समर्थनले एमालेलाई झस्काइदिएको छ । पौडेल यसरी डराउनुको पछाडि आफ्नो विवादित छवि र ०७४ सालमा गरेका चुनावी प्रतिबद्धता नै हुन् । पौडेलले अघिल्लो निर्वाचनमा बुटवललाई लुुम्बिनीको प्रदेशको राजधानी जसरी पनि कायम गर्ने, सुुकुम्बासीलाई लालपूूर्जाको सिरानी हालेर सुुत्न पाउने ठोकुुवा नै गरेका थिए । त्यति मात्रै होईन बुुटवलमा ब्याप्त झुम्सा खानेपानी आयोजना ल्याउने, बुुटवल सिक्स लेन सडक पूूरा गर्ने, पारी बुटवललाई रात्रीकालिन बजार बनाउने, सिद्धबाबा सडकलाई सुरक्षित बनाउने । तर, यी ऐजेन्डा कहाँ पुुग्यो ? मतदातासँग नाजवाफ छन् ।
प्रदेशको राजधानी तोक्दा पौडेलले अर्थमन्त्री बनेर मौन बसेका थिए । प्रदेश सांसद र मन्त्री समेत रहेका लिला गिरी मन्त्रीपरिषदमा एक शब्द पनि बोलेनन । भोजप्रसाद श्रेष्ठले स्टण्डबाजी गरेजस्तो गरे, तर उनले पनि अन्तत स्थायी राजधानी दाङ बनाउने सरकारको प्रस्तावको पक्षमा मतदान गरेरै छाँडे । यीनै ऐजेन्डाका कारण पौडेल सबैभन्दा कमजोर बनेका हुन । यति मात्रै कहाँ होर, वालुुवाटारको सरकारी ८ आना जग्गा आफ्नो छोरा नविन पौडेलका नाममा खरिद गरेको घटनाले त पौडेलको राजनैतिक इमान्दारीतामाथि गम्भिर प्रश्न उठेको छ ।

वालुुवाटारको ८ आना जग्गा पौडेलले फिर्ता त गरेँ, तर कानुनी रुपमा गरेको अपराध शक्ति र सरकारको बलमा चोखिएका हुन । जबकी २०६९ सालमा सरकारीवादी फौजदारी मुद्दा नम्बर ०१३०२ को निर्णय नम्बर २११ मा पौडेलजसरी नै ठगिएकी एक महिला भने दुई बर्ष जेल बस्नु परेको नजिर छ। महोत्तरी (तत्कालिन वेलगाछी गाविस वडा नम्बर २) स्थायी घर भएकी तिलककुमारी खड्काले २०६४÷६५ सालतिर राजधानीको चाँगुनारायणमा चार आना जग्गा सस्तैमा पाइयो भनेर पाँच लाख तिरेर आफ्नो नाममा पास गरेकी थिइन् ।तर, जग्गा बेच्ने मान्छेले जग्गाधनीको नक्कली वारेसनामा बनाएर उनलाई पास गरिदिएको मद्धामा २०६९ साल पुस १८ गते जिल्ला न्यायाधिस मुरारीबाबु श्रेष्ठले फैसला तिलककुमारी श्रेष्ठलाई २ बर्ष कैद र उनले २ लाख २६ हजार ५६२ रुपैयाँ ५० पैसा जरिवाना तिर्नु परेको थियो । ‘विष्णुु पौडेल सरकारी जग्गा पहुँचको आधारमा खरिद गरेर लालपूूर्जा लिएको बिषय अपराध हो, यसमा पौडेल दोषी देखिन्छ’ एक बरिष्ठ अधिवक्ताले भने ।

पौडेल वालुुवाटार काण्डका कारण पनि आफ्नो निर्वाचन क्षेत्रमा अलोकप्रिय छन् । पौडेलले आफूूलाई विकासको ‘रोलमोडेल’ भनेर प्रचार गरेपनि बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सास्ती बुुटवलबासीले भुलेका छैनन । राजधानी दाङ तोकिएलगत्तै अर्थमन्त्री भएका पौडेलले बरु राजमार्ग चौराहा राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण पूरा गर्ने भन्दै पुुन २०७७ माघ १४ गते शुुभारम्भ गरेका थिए । राजमार्ग चौराहामा शिलान्यास गर्न हतारिएका पौडेल निर्वाचित जनप्रतिनिधिका रुपमा रहेपनि त्यसपछि सडक निर्माणका बारेमा न त संसद न त कतै पहलकदमी नै गरेँ । आफ्नो निर्वाचन क्षेत्रको मुुद्धामा समेत मौन बस्ने र चुनावका बेला विकासे कुरा गरेकै कारण बुुटवल क्षेत्रमा पौडेलप्रती अविश्वास बढ्दै गएको हो ।

अंकगणित पनि बलियो

रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका छन् । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा डा.बाबुराम भट्टराई र कांग्रेसका सुर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका युवराज गिरीलाई हराएका थिए ।
२०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी भएका थिए भने २०५१ सालमा एमालेका मोदनाथ प्रश्रितले खाँणलाई हराएका थिए । पौडेल मात्रै यस्तो नेता हुन् रुपन्देहीको क्षेत्र न. २ ( ७४ अघिसम्म निर्वाचन क्षेत्र ४ ) बाट लगातार ३ पटक निर्वाचन जित्न सफल भए । लगातार जीत हासिल गरेकै कारण आफ्नो निर्वाचन क्षेत्रलाई ‘एमाले लालकिल्ला’ का रुपमा उनले परिचित समेत बनाएका थिए । तर, गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनले ‘एमाले लालकिल्ला’ भत्काइदियो । बुुटवलमा स्थानीय तहमा नराम्रो पराजयपछि नै पौडेलका लागि रुपन्देही २ मा चुनौती बनेको हो । एकातर्फ नेकपा एमाले विभाजित भएको छ । अर्कोतर्फ पाँच दलीय गठबन्धन । सत्तागठबन्धनले समर्थन गरेको जनमुुक्ति पार्टी जनमतको हिसाबले २०७४ सालको तेस्रो शक्ति हो ।
पौडेलको निर्वाचन क्षेत्रमा बुटवल उप–महानगपालिकाका १ देखि १३ नम्बर सम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन् । यी तीनै नगरमा गठबन्धनबाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन । उपप्रमुखमा भने एमालेका उम्मेद्वार विजयी छन । तर, तीन स्थानीय तहका सिमित वडाहरु समेटेर निर्वाचन क्षेत्र बनेको हुँदा वडाअध्यक्षहरुको मतको आधारमा विश्लेषण गर्दा गठबन्धन नै अंक गणितमा बलियो देखिएको छ । वडाअध्यक्षहरुको मतका आधारमा कांग्रेस ३४ हजार ९५९, नेकपा माओवादी ३ हजार १८८, नेकपा एस १ हजार ३८२ गरि जम्मा ३९ हजार ५२९ मत छ ।

अहिले गठबन्धनले राष्ट्रिय जनमुक्तिका उम्मेद्वारलाई समर्थन गरेको हुँदा ४ हजार मत जोड्दा ४३ हजार मत गठबन्धनको देखिन्छ । यता नेकपा एमाले ३३ हजार १८७, राप्रपा ३ हजार ९२० र जसपा १ सय ८३ गरि जम्मा ३७ हजार २ सय ९० छ । यस आधारमा सत्ता गठबन्धन ६हजार बढि मतले सोझो हिसाबले पनि अगाडि देखिएको छ । अंकगणित नै सत्तागठबन्धनको पक्षमा देखिएकाले पौडेललाई चुनौती देखिन्छ । अर्कोतर्फ एमालेभित्र नेकपा एमालेका महासचिव शंकर पोखरेल समूह र पौडेल समूूहविच अन्तरघात हुने सम्भावना उतिकै छ । स्थानीय तहमा अन्तरघात भएको एमालेकै नेताहरुले भनेका थिए । यसले केहि न केहि मत पौडेललाई घटन सक्ने देखिन्छ । त्यस्तै एमालेका प्रभावशाली नेता घनश्याम भुुसालले एमाले परित्याग गरेका छन् । भुसालका कारण पनि करिव २ हजार मत बुटवलमा एमालेको विपक्षमा खस्न सक्ने विश्लेषण छ । पौडेलको विगतको चुनावी ऐजेन्डा, बालुुवाटार प्रकरण र पार्टीभित्रको अन्तरसंघर्ष नै पौडेलका लागि मंसिर ४ गतेको निर्वाचन कठिन बन्ने देखिन्छ । जनमुक्ति पार्टीले अगाडि सारेका केशव बहादुर थापा नयाँ अनुहार (नन टेस्टेट) भएकाले युवा पुुस्ताको समेत मत आउने देखिन्छ ।

 
 
  
 

You may also like