नेशनल प्याब्सनले निर्वाचन सफल बनाउन सघाउने

by समतल अनलाइन

तनहुँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेशनल नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई सफल बनाउने आफ्नो संगठनबाट सहयोग गर्ने भएको छ ।

निर्वाचनलाई भयरहित र शान्तिपुर्ण सम्पन्न गर्नका लागि आफ्नोतर्फबाट हुने हरेक गतिविधिमा निर्वाचन आयोग तथा दललाई सघाउने भएको हो । नेशनल प्याब्सनको तनहुमा शुक्रबार र शनिबार बसेको दोस्रो केन्द्रीय पुर्ण बैठकले आउने निर्वाचन आमनेपालीको उत्सव भएकाले उत्सवलाई पर्वका रुपमा मनाउन नेशनल प्याब्सनले सम्भव सबैखाले सहयोग गर्ने निर्णय गरेको केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै बैठकले संस्थागत शैक्षिक संस्थाहरुले शिक्षामा पुर्याएको योगदानको मुल्यांकन राज्यले गर्नु पर्ने घोषणा पत्रमा उल्ले गरेको छ ।

सामुदायिक सरह संस्थागत विद्यालयलाई पनि राज्यले सेवासुविधा दिनु पर्ने बैठकले घोषणापत्र मार्फत आब्हान गरेको सचिव पौडलले जानकारी दिनुभयो । केन्द्रीय अध्यक्ष पाण्डव हमालको अध्यक्षतामा तनहुमा सम्पन्न बैठकले आगामी मसिर मसान्त भित्र राष्ट्रीय स्तरको शैक्षिक बहस को आयोजना गर्ने, नजिकिदै गरेको २५ औं स्थापना दिवशको अवसर पारेर राष्ट्रिय स्तरको लोकनृत्य, वक्तृत्वकला लगायतका शैक्षिक प्रतियोगिताहरु गर्ने निर्णय पनि गरेको छ । बैठकले केन्द्रीय कार्यालय काठमाण्डौमा निर्माण गर्ने, निजी शैक्षिक संस्थाले गरेको शैक्षिक गतिविधिको संरक्षण र सम्वर्धन गर्ने लगायतका निर्णयहरु गरेको महासचिव पारसमणी दहालले जानकारी दिनुभयो ।

अध्यक्ष पाण्डव हमालको अध्यक्षतामा दुई दिन चलेको कार्यक्रममा सह–अध्यक्ष सुवास न्यौपाने, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, पूर्व अध्यक्ष कर्ण बहादुर शाही, संस्थापक महासचिव अर्जुन बहादुर अधिकारी लगायतले निजी क्षेत्रबाट शिक्षामा भएका उपलब्धीका चर्चा गर्दै राज्यले त्यसको मुल्यांकन गर्नु पर्ने बताउनु भएको थियो ।

 
 
  
 

You may also like