भैरहवा बसडिलियाको सिङगो गाँउको समर्थन खाणलाई

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका बडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँनै नेपाली कांग्रेस प्रबेस गरेको छ ।
गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाण र प्रदेश सभा ३ एकका उम्मेदवार सन्तोस कुमार पाण्डेलाई समर्थन गर्दै उक्त गाउँ नेपाली कांग्रेसका प्रबेस गरेको कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।

मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँबाट शनिवार आयोजित कार्यक्रममा १ सय ५१ जना पार्टी प्रबेस गर्दै नेपाली कांग्रेसको सदस्यता समेत लिएका छन् । प्रबेस गर्नेहरुमा एमालेबाट निर्वाचीत पुर्व बडा सदस्य अस्गर अली फकीर लगायत रहेका छन् । उनले नेता खाण रुपन्देहीको मात्र नभई सिंगो मुलुकको नेता तथा यस क्षेत्रको अविभावक समेत भएकाले गाँउले उनको पक्षमा समर्थन जनाएको जानकारी दिए ।

उनिहरुलाई पार्टी सदस्यता गर्दै गृहमन्त्री खाणले देस बिकास र शुसासनको अभियानमा लागेको गठबन्धनलाई बिजयी गराउन जुट्ने सवैलाई धन्यबाद दिए । उनले कांग्रेस सवैको पार्टी र सवै अट्ने पार्टी भएको स्मरण गराउर्दै आगामी दिनमा बर्तमान बेवस्था बचाउदै जनताको अवस्था बद्ने अभियानमा सहकार्य गरेर अगाडी बढ्ने बताए ।

 
 
  
 

You may also like