कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैँकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०२ पैसा र बिक्री दर १३२ रूपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रूपैयाँ ०७ पैसा र बिक्री दर १३१ रूपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रूपैयाँ ३५ पैसा र बिक्री दर १५३ रूपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९२ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

 
 
  
 

You may also like