वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

by समतल अनलाइन

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशी २४ दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेजमा उपचारमा थिए । उनको केहिबेर अघि निधन भएको हो ।

अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जोशीको मृत्युको घोषणा गर्न भने बाँकी छ । तर, जोशीको मृत्यु भइसकेको डा. बज्राचार्यले जानकारी दिए ।

उनको छातीमा निमोनिया र पिसाबमा इन्फेक्सन देखिएको थियो । बिहीबारदेखि मुटुको चालमा घट्बढ भइरहेको थियो भने छातीमा संक्रमण बढेको थियो । गत बुधबार अवस्था केही सहज देखिएपछि जोशीलाई सघन कक्ष (आइसियू) बाट नर्मल बेडमा सारिएको थियो । तर, बिहीबार स्वास्थ्य थप जटिल बनेपछि पुनः सघन कक्षमा सारिएको थियो ।

 
 
  
 

You may also like