राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छन् । कोभिड–१९ संक्रमण देखिएपछि उनी उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

गएको शनिबार अस्पतालमा भर्ना भएकी राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य भएपछि आज दिउँसो १२ः४५ बजे डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिएका छन् ।

उनमा खोकी र ज्वरोको समस्या देखिएको थियो । अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम, दिव्या सिंहलगायत चिकित्सकको टोलीले उपचार गरेको थियो । उनको हेरचाह र फलोअपका लागि चिकित्सकको टोली राष्ट्रपति निवास पुगेरै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

 
 
  
 

You may also like