88
काठमाडौँ । सामाजिक सञ्जाल मध्ये प्रभावशाली बन्दै गएको ट्वीटरले राजनीतिक विज्ञापन रोक्ने निर्णय गरेको छ ।
उसले राजनीतिक सन्देश पाउनुपर्ने खरिद गरिननहुने जनाएको छ ।
ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोरसेले टुवीट गर्दै राजनीतिक विज्ञापनले राजनीतिलाई नै खतरामा पारेको औल्याएका छन् । सन् २०२० मा अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा ट्वीटले यस्तो निर्णय लिने भएको हो ।
फेसबुकले भने राजनीतिक विज्ञापनलाई निरन्तरता दिने भएको छ । मार्क जुकनवर्गले यसलाई अधिकार भनेर बचाऊ गरेका छन् ।
सामाजिक सञ्जालमा भ्रम फैलाउने गरिएको विषय उठ्दै आएको थियो । ट्वीटरले विश्वभर राजनीतिक विज्ञापन रोकिदिने भएपछि यसले संसारभर प्रभाव पर्ने देखिएको छ ।