नेपालमा टिकटक बन्द, मन्त्रिपरिषदले गर्‍यो यस्ता निर्णयहरू (सूचीसहित)

by समतल अनलाइन

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने, अश्लिलता प्रस्तुत गर्नेलगायतका गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको उनले बताइन् । ‘आजैदेखि लागु हुने गरी बन्द गर्ने निर्णय भएको छ । प्राविधको कुरा हो । हेरौं बन्द हुन कति समय लाग्छ’ मन्त्री शर्माले भनिन् ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अधिकांश भूकम्प प्रभावितसँग सम्बन्धीत निर्णयहरू गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु

 
 
  
 

You may also like