हङकङलाई पराजित गर्दै ओमान टी-२० विश्वकपमा

by समतल अनलाइन

काठमाडौँ । ओमान टी-२० विश्वकपमा छनौट भएको छ ।

गएराती सम्पन्न खेलमा ओमानले हङकङलाई १२ रनले पराजित गर्दै २०२० मा अस्ट्रेलियामा हुने विश्वकपमा छनौट भएको हो ।

ओमानले दिएको १३५ रनको लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाएपछि खेल ओमानले १२ रनले जितेको हो ।

योसँगै पिएनजी, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, स्कटल्याण्ड र ओमान विश्वकपमा छनौट भएका छन् ।

अब छनौट प्रतियोगिताको पहिलो देखि छैठौ स्थान हासिल हुने टिमको टुंगो लागाइने छ । खेल तालिका अनुसार आयरल्याण्ड र नेदरल्याण्डस पहिलो सेमिफाइनल तथा पिएनजी र नामिबिया दोस्रो सेमिफाइनल खेल्ने छन ।

त्यस्तै दुवै सेमिफाइनलमा विजयी टिम फाइनल खेल्ने छन् भने पराजित टिम तेस्रो स्थानको प्लेअफ खेल्ने छन् ।

त्यस्तै पाँचौ स्थानको प्लेअफमा स्कटल्याण्ड र ओमान खेल्दै छन् ।

 
 
  
 

You may also like