माओवादी केन्द्रको स्थायी कमिटी वैठक आज पनि, पदाधिकारी टुङ्गो लगाइने

by समतल अनलाइन

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज (शनिबार) पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक बिना निष्कर्ष सकिएको । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।

प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने विश्वास व्यक्त गरेका छन् । पदाधिकारी चयनको विषयमा मोटामोटी खाँका तयार भए पनि केहि विषयहरु मिल्न बाँकी रहेको माओवादी केन्द्रले जनाउँदै आएको छ ।

You may also like