नागरिकता विधेयकले राष्ट्रियता झन बलियो : गृहमन्त्री

by समतल अनलाइन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित नागरिकता ऐन संशोधन विधेयकले राष्ट्रियतालाई झन बलियो बनाउने दावी गरेका छन् ।

श्री कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । नागरिकता पाउन नसकेका आमा बाबुका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने उनले बताए ।

वि. सं. २०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्धेश्यसहित विधेयक ल्याइएको उनले बताएका छन् ।

‘नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो’, उनले भने, ‘तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन। अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नमगरिकता दिन विधेयक अगाडि बढाएको हो ।’

 
 
  
 

You may also like