युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए : अमेरिका

काठमाडौँ । रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।

‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने ।

युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन् । ‘र, युक्रेनीहरूले पनि पीडा भोगेका छन् – सायद त्यो भन्दा अलि कम’, उनले भने ।

 
 
  
 

You may also like