`पुर्खे बा´को पानी मरुवा ४ बजारमा

बुटवल , हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गएको छ । तीज नजिकिँदै गर्दा तीज लक्ष्यित गीतहरु सार्वजनिक हुन थालेका छन् । तीजका गीतले युटुव, टिकटक लगायतका सामाजिक सञ्जाल तताउन थालेका छन् ।

समाजमा घट्ने घटनाहरु, पारिवारिक गन्थन मन्थन लगायतका विषयवस्तु उठाएर कलाकारले गीत बजारमा ल्याउने गरेका छन् । सोही अनुसार पुरुसोतम भण्डारी `पुर्खे बा´ ले पानीमरुवा भाग ४ बजारमा ल्याएका छन् ।

तिर्सना नाम दिइएको उक्त भागमा बुबा र छोरीबीचको गन्थन मन्थन देखाइएको छ । गीतमा पुरुसोतम भण्डारी पुर्खे बा, लक्ष्मी तिवारी “तिवारी आमा” र रिना केसीको आवाज रहेको छ ।

पुरुसोतम भण्डारी पुर्खे बा कै शब्द तथा संगीत रहेको गीतको एरेन्ज पवन परियारले गरेका छन् । सन्तोस पौडेलको मक्सिङ तथा मास्टरिङ रहेको तिर्सना द म्युजिक ईरा स्टुडियोमा रेकर्डिङ भएको हो ।

गीतमा पुर्खे बा, तिवारी आमा, सरिता धनकुटी र अजय भुसालको अभिनय देख्न सकिन्छ । गीतको निर्देशन पुर्खे बा ले गर्दा सुनिल बिकले छयाङ्कन तथा सम्पादन र कलर सुवर्ण दुलालले गरेका हुन् ।

 
 
  
 

You may also like