नव नियुक्त पर्यटनमन्त्रीकाे निर्णय : हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने

काठमाडौँ । नव नियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पद सम्हाल्दै उनले दुई निणर्यमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्वपूर्ण निणर्यमा हस्ताक्षर गरेका हुन् ।

उनले विश्व संम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निणर्यमा हस्ताक्षर गरेका हुन् । श्रेष्ठले आफू सांसद हुँदादेखि सुरु गरेको कामलाई पुरा गर्नेगरी उक्त निणर्यमा हस्ताक्षर गरेको बताए । सोही शीर्षकमा काम गर्ने गरी डिपिआर सहित बजेट समेत विनियोजन भइसकेको छ ।

त्यस कार्यलाई तीव्रता दिने गरी निणर्यमा हस्ताक्षर गरेका हुन् । यस्तै कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएपछि अध्ययन प्रतिवेदन समेत तयार भइसकेको छ । ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा मन्त्री श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने श्रेष्ठले बताए । आफूले गरेको पहिलो निणर्यलाई दृढताका साथ पुरा गर्ने बचन उनले दिएका छन् ।

 
 
  
 

You may also like