यी पाँच कुरा ख्याल गर्नुस्, हरेक सपना हुनेछन् पूरा, सफलता तपाईंको मुठ्ठीमा

by समतल अनलाइन

एजेन्सी । सफल हुन नचाहने यो संसारमा को होला ? पक्कै पनि जो कोही मानिस आफ्नो क्षेत्रमा सफल हुन चाहन्छ । चाहना सबैको हुन्छ तर, सिमित मान्छेमात्रै सफल हुन्छन् । यसको आफ्नै कारण छ ।

कतिपय समयमा हामी अघि बढ्नेबारे सोच्छौँ, तर अघि बढ्दैनौँ । किनीकी हामी परिस्थितिमा आएको बदलावलाई बुझ्न सक्दैनौँ । यहाँ हामीले ७ यस्ता कारणबारे जानकारी दिँदैछौँ, जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद्दत गर्छ ।

१. सबैभन्दा पहिले परिवर्तन अनिवार्य छ भन्ने कुरा बुझ्नु जरुरी छ । समय कहिल्यै उस्तै रहँदैन, यो त परिवर्तनशील हुन्छ । हामीले परिवर्तनलाई स्वीकारौँ वा नस्वीकारौँ परिवर्तन आफ्नै गतिमा जारी रहन्छ । त्यसैले समयसँगै आफूलाई पनि परिवर्तित गर्दै लैजानुहोस् ।

२. जिन्दगी यतिमात्र होइन, यो त निकै लामो छ । त्यसैले निरन्तर अघि बढ्नुहोस् । नयाँ-नयाँ अनुभवहरु हासिल हुनेछन् । जीवनमा धेरै कुरा गर्ने मौका मिल्नेछ ।

३. प्राय मानिसमा देखिने साझा समस्या भनेको मानिस आफ्नो कम्फर्ट जोन (जोखिमरहित क्षेत्र)बाट अघि बढ्नै खोज्दैन । मानौं एउटा व्यापारी जसले १० लाख लगानीमा परिवार पाल्ने गरी आम्दानी गरिरहेको छ । आवश्यकताहरु परिपूर्ति भएका छन् । अब उसले सोच्छ कि यो त मेरो कम्फर्ट जोन हो, थप लगानी गरेर आफूलाई किन जोखिममा डाल्ने । त्यसपछि जिन्दगीभर उसले त्यसैलाई निरन्तरता दिन्छ । जसका कारण सम्भावित ठूला सफलताहरुबाट ऊ बञ्चित हुन्छ । त्यसैले आफ्नो कम्फर्ट जोनबाट पनि अघि बढ्ने साहस गर्नुहोस् ।

४. बितेको कुरालाई हामीले चाहेर पनि परिवर्तन गर्न सक्दैनौँ । जे हुनु भइसक्यो । अब यसबारे सोचिरहेर पनि तपाईंलाई कुनै फाइदा छैन । त्यसैले हिजोबाट शिक्षा लिनुस् अनि भोलिलाई सुन्दर बनाउने अठोट गर्नुहोस् । सुन्दर भविष्यले पीडादायी विगतलाई अवश्य भुलाउनेछ ।

५. अघि बढ्नुको सबैभन्दा सुन्दर पक्ष भनेको तपाईंको सोच सकारात्मक रहन्छ । नयाँ चुनौतीहरुलाई सफलतापूर्वक सामना गरेपछि तपाईंको सोच बदलिन्छ । नयाँ-नयाँ अनुभव हासिल हुन्छन् । अनि अघि बढ्न झनै सहज हुनेछ । तपाईं नरोकिनुस्, सुन्दर मौकाले तपाईंको प्रतिक्षा गरिरहेको छ । यसका लागि तपाईं आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनै पर्छ ।

 

 
 
  
 

You may also like