काङ्ग्रेस लुम्बिनी प्रदेशद्वारा चुनाव तयारीका लागि समिति गठन

बुटवल । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले चुनावी कार्यक्रमको तयारीका लागि भन्दै बिभिन्न बिषयहरुमा छलफल गरी निर्णय तथा समिति गठन गरेको छ।

मंगलबार बुटवलमा बसेको प्रदेश स्तरीय बैठकले कार्यसम्पादन समिति गठन, प्रदेश संसदीय समिति गठन, प्रतिनिधि खटाउने, निर्वाचन परिचालन समिति गठन, निर्वाचन प्रचार समिति गठन, वार्ता समिति गठन र अनुशासन समिति लगायत निर्वाचनलाई मर्यादित एंव जनताको भावनालाई समेटेर कसरी अगाडि बढाउने भन्ने विषयमा बसेको बैठकले निर्णय समेत गरेको छ।

बैठकले विधान अनुसार २७ जना प्रस्ताव गर्नुपर्नेमा हाल २३ जना कार्य सम्पादन समिति प्रस्ताव गरी अनुमोदन गरेको छ,भने बाँकी समावेशिता हेरी नाम थप गर्ने सम्पूर्ण अधिकार सभापतिलाई प्रत्योजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

९ जना कार्यसमिति सदस्यहरुलाई संसदिय समितिमा सभापति बाट प्रस्ताव गरी अनुमोदन गरिएको र २६ जना प्रतिनिधि सभा क्षेत्र संसदीय समितिमा प्रतिनिधित्व गर्नका लागि २६ जना प्रतिनिधि खटाउने निर्णय गरेको छ।

बैठकले प्रदेश कार्य समितिका सभापति नेपाली कांँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनको संयोजकत्वमा काँग्रेस नेता भरत कुमार शाह तथा सम्पूर्ण पदाधिकारी, प्रदेश अन्तर्गत जिल्ला सभापतिहरु लगायत ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जनाईएको छ।

प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा १ हजार १ सय १ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ । सभापतिकै संयोजकत्वमा सत्ता गठबन्धन दल संग वार्ता गर्नका लागि सभापति अमरसिंह पुनको संयोजकत्वमा भरत कुमार शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना सदस्य रहेका छन्।

अनुशासन समितिमा माधव खरेलको संयोजकत्वमा महेन्द्र पाण्डे, प्रेमलाल भट्ट, कृष्ण प्रसाद अधिकारी सदस्य रहेका छन् भने घोषणापत्र लेखन समितिमा महामन्त्री बिक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन र सदस्यहरुको मनोनयन बिभिन्न बिज्ञापन हासिल गरेका व्यक्तीहरुलाई संयोजक मनोनित गर्ने निर्णय भएको छ।

 
 
  
 

You may also like