रुपन्देही ब्यापार संघको फेन्सी होल सेल तथा खुद्रा उपसमिति गठन

बुटवल। रुपन्देही व्यापार संघमा आवद्ध फेन्सी व्यवसायीहरुको भेला बुधवार बुटवलमा सम्पन्न भएको छ । संघको सभाहलमा भएको भेलाले फेन्सी होल सेल तथा खुद्रा उपसमिति गठन गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।

गठित खुद्रा उपसमितिको संयोजकमा सुवास नेपाल, उपाध्यक्ष कमल पन्थ, सचिव हरिप्रसाद ज्ञवाली रहनु भएको छ भने सदस्यहरुमा पिताम्बर भट्टराई, दिलिप ढकाल, जमुना पौडेल र सल्लाहकार शंकर कोइराला रहनु भएको छ ।
यसैगरी होलसेल उपसमितिको संयोजकमा गोकर्णराज गिरी, उपाध्यक्ष विजय ज्ञवाली, सचिव विष्णुहरि भण्डारी, सह–सचिव देवीराम भट्टराई, कोषाध्यक्ष दिपकप्रसाद श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा रेश्मचन्द्र भण्डारी, दुर्गा नेपाल, सुवास भट्टराई, मिना भण्डारी र दिपिका क्षेत्री रहनुभएको छ ।

सो भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले व्यवसायीक एकताबाट मात्र व्यवसायीहरुको समस्या समाधान गर्न सकिने बताउदै त्यसका लागि पहल गर्न आग्रह गर्नु भयो । घिमिरेले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले व्यवसायीहरुको प्रकृतिका आधारमा समस्याहरु देखिने हुदा त्यसलाई समाधान गर्न अन्तरक्रिया र छलफल निरन्तर गर्नु पर्ने धारणा राख्नु भयो ।

संघका महासचिव दयानिधि भण्डारीले व्यवसायीका नीतिगत तथा व्यवहारीक समस्याहरुलाई आपसी एकताबाट मात्र समाधान गर्न सकिने हुदा त्यसमा सचेत बन्न आग्रह गर्नु भयो ।

संघका सहसचिव तथा बस्तुगत उपसमिति गठन तथा पुनरगठन संयोजक ऋषिराम पाण्डेले परिर्वतित अवस्थामा व्यवसायीका समस्या र आवश्यक्ताहरुको पहिचान गरि त्यसको समाधान गर्न सधै लाग्नु पर्ने बताउनु भयो ।
फेन्सी उपसमितिका संयोजक भरत केसीको अध्यक्षता, गोकर्णराज गिरीको सञ्चालनमा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य बालकृष्ण बस्याल, पिताम्बर अर्याल लगायत बोल्नु भएको थियो ।

सो अवसरमा बुटवलमा २०३६ सालबाट फेन्सी व्यवसायी गर्दै आउनु भएका पुराना व्यवसायी मान बहादुर पोखरेललाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like