साना दलले आफ्नै चुनाव चिन्ह पाउने

काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।

राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई उनीहरूकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो । त्यसका लागि दलहरूले कुन-कुन जिल्लाामा आफ्नो दलको संगठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नुअघि नै निर्वाचन आयोगलाई दिनु पर्नेछ ।

यसअघि निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरूको चुनाव चिन्ह दिन नसकिने जनाएको थियो । वैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना दल आन्दोेलित भएका थिए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने व्यवस्थाप्रति साना दलले आपत्ति जनाउँदै आएका थिए । साना दलले राष्ट्रिय मानव अधिकार आयोग तथा निर्वाचन आयोगलाई समेत आफ्नै चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै पत्र समेत बुझाएका थिए ।.

 

 
 
  
 

You may also like