बुटवलमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न

बुटवल । बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड २०७८ को समुदघाटन भव्य रुपमा सम्पन्न भयो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बुटवल उपमहानगरपालिका नेपालका ७५३ वटा स्थानीय निकायहरुमा अगुवाई गर्नुका साथै बुटवलको पठनपाठनमा एक रुपमा ल्याउन सिङ्गो बुटवल एक विद्यालयको अवधारणा ल्याइएको र नगरमा सर्वप्रथम खेल ऐन बुटवलले ल्याई खेलकुद पूर्वधारको सम्भाव्यता अध्ययन गरि योजनावद्ध पूर्वाधारको विकास, खुला व्यायामशाला निर्माण, राष्ट्रपति रनिङ्ग सिल्डलाई थप प्रभावकारी र दिगो बनाउन विद्यालयमा कार्यरत खेल शिक्षक तथा प्रशिक्षकहरुलाई प्रशिक्षण, प्रशिक्षक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सम्मान, विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरेर बुटवलमा उदाहरणीय कार्य गरेको दावी गर्नुभयो ।

उक्त अवसरमा ने.क.पा.एमालेका नगर इन्चार्ज ऋषिराम पाण्डे, नेपाली काँग्रेसका मुक्ति अधिकारी, शिङ्गो बुटवल एक विद्यालय अन्तरगतका प्रधानाध्यक नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष एवम् ज्ञानोदय मा.वि.का प्रधानाध्यापक टिकराम शर्मा पौडेल, एन प्याव्सन तथा स्कलर्स होम बोर्डिङ्ग स्कूलका प्राचार्य बाबुराम बन्जाडे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्द बहादुर काउचाको अध्यक्षतामा बुटवल नगर खेलकुद विकास समितिका सदस्य एवम् तेस्रो नगर राष्ट्रपति रनिङ्ग सिल्ड छनौट प्रतियोगिता २०७८ का सदस्य सचिव प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत भाषण नगर खेलकुद विकास समिति सदस्य नवीन थापा सारुले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मदन भण्डारी स्पोट्र्स एकेडेमीका केन्द्रीय अध्यक्ष धु्रुव आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराई, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मी, शसस्त्र प्रहरी वलका शसस्त्र प्रहरी उपरीक्षक शंकर खनाल लगायतको सहभागिता रहेको थियो ।

पहिलो दिन भएका १५०० मिटर दौड, १०० मिटर दौड, ४०० मिटर दौड र सटपुट तर्फ छात्र छात्राको मंगलवार सम्पन्न खेलमा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. बुटवलले २ स्वर्ण, २ रजत, २ काश्य गरि ६ पदक, न्यू होराइजन मा.वि. २ स्वर्ण, १ रजत, ३ कास्य गरि ६ पदक प्राप्त गरेको छ । भने कालिका मानवज्ञानले २ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ४ पदक प्राप्त गरेको छ । एभरेष्ट मा.वि.ले २ स्वर्ण, १ कास्य गरि ३, न्यू भिजन मा.वि., कान्ति मा.वि., अन्नपूर्ण मा.वि., मणिमुकुन्द मा.वि.ले १÷१ रजत पदक प्राप्त गरेका छन् भने भवानी मा.वि.ले १ कास्य पदक प्राप्त गरेको छ ।

उक्त कार्यक्रममा कालिका मानवज्ञान मा.वि.का ५२५ विद्यार्थीहरुले बुटवलमा स्वागत तथा ड्रिल प्रदर्शन गरेका थिए । जसमा कालिका मानव ज्ञान मा.वि.का खेल प्रशिक्षक तथा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरि बहादुर वलीले सहजीकरण गरेका थिए । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का विद्यार्थीहरुले तेक्वाण्डो प्रदर्शन तथा १५० जना विद्यार्थीहरुले विविध बहुसाँस्कृतिक कार्यक्रम अन्तर्गत पूर्वेली, मारुनी, कौडा, थारु नृत्य, मगरको झ्याउरे नृत्य र खुकुरी नृत्य प्रदर्शन गरेका थिए । नवीन औद्योगिक खेलकुद प्रशिक्षक नवराज खरेल र नवीन औद्योगिकका साँस्कृतिक प्रशिक्षक अर्जुन शाहले रोचक नृत्यको संयोजन गर्नुभएको थियो ।

छात्र भलिवल तर्फ नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.र ज्ञानोदय मा.वि. बीचको खेलमा नवीनले २ जिरोको सेटमा जितेको छ ।
कार्यक्रममा झण्डोत्तलन गरि टर्चलाइट १३ औं दक्षिण एसियाली खेलमा हेण्डवल तर्फ रजत पदक विजेता अर्चना न्यौपाने, १५०० मिटर छात्र तर्फ दौडमा प्रथम भएका नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रशान्त थापा र १०० मिटर छात्रा दौडमा प्रथम भएका छात्रा भावना डाँगी एभरेष्ट बोर्डिङ्गले राष्ट्रिय झण्डा र खेलकुद विकास परिषदको झण्डाबाट परिक्रमा गरेका थिए जसको नेतृत्व एथलेटिक्सका वरिष्ठ प्रशिक्षक मोहन घलेले गर्नु भएको थियो ।

 
 
  
 

You may also like