प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्दै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि आज (शनिबार) नेपाल र हङकङ खेल्ने भएका छन् । आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानका लागि नेपालसँग खेल्ने भएको हो ।

यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजति भएको थियो । तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः १५ बजेदेखि हुनेछ । त्यस्तै प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र यूएई आइतबार खेल्ने छन् ।

 
 
  
 

You may also like