बुटवलको तिनाउ अस्पतालमा खुट्टाको अप्रेसन गर्दा एक जनाको मृत्यु , आफन्तद्वारा अस्पताल घेराउ

बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको अप्रेसन गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पताल घेराउ र नारबाजी गरेका छन् ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षिय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरवाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानवीन,दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शब नबुझ्ने अडान लिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा। योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेका र फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै मामाको मृत्युु भएको हेमलालले बताए । ४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए । अपे्रेसन अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताए । घटनाबारे अस्पताल प्रशासनसंग पटक पटक सम्पर्क गर्दा फोन रिसिभ गरेका छैनन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।

 
 
  
 

You may also like