किभ । युक्रेनको एउटा मातृत्व अस्पतालमा रुसी फौजको बम आक्रमणको कारण घाइते भएकी गर्भवती महिलाको मृत्यु भएको छ । उनकी नवजात शिशुको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
मारिउपोल सहरमा गत बुधबार भएको आक्रमणको कारण घाइते भएकी उनलाई स्ट्रेचरमा राखेर लगिँदै गरेका तस्बिरहरू सार्वजनिक भएका थिए । उक्त आक्रमणमा कम्तीमा तीन जना व्यक्तिले ज्यान गुमाएका थिए ।
उनले शिशु जन्माउन लागेको अस्पतालमा बमबारी भएपछि घाइते अवस्थामा उनलाई अर्को अस्पतालमा सारिएको थियो । सिजरिन प्रविधिबाट जन्माइएकी उनकी बच्ची मृत अवस्थामा भेटिएकी छन् । उनको उपचारमा संलग्न रहेका सर्जन टिमुर मरिनले ती महिलाको पेल्भिस कुच्चिएको र नितम्व छुटिएको जानकारी दिएका छन् ।
अन्य डाक्टरहरूले भनेका छन्, ‘हामीहरू उनको ज्यान बचाउने कोसिसमा लागेको थियौँ । तर उनले आफ्नी बच्ची गुमाउन लागेको महसुस भएपछि ’मलाई अहिले मारिदिनुस् !’ भन्दै चिच्याएकी थिइन् ।’
मृत बच्ची जन्मिएपछि डाक्टरहरूले ती महिलालाई क्रितिम श्वासप्रश्वास प्रक्रिया चालु गर्न खोजेका थिए । तर उनीहरूको तिस मिनेट लामो प्रयास त्यसै खेर गयो । डाक्टरहरूले उनका पति र पिताले आएर उनको लाश बुझेर लानुअघि आफूहरूसँग उनको नाम सोध्न समेत फुसदत नभएको बताएका छन् । यसबाट उनको सामूहिक अन्त्येष्टि नभएको बुझिन्छ ।
अस्पतालमा बमबारी भएको खबर सार्वजनिक भएपछि लन्डनस्थित रुसी दूतावासले ट्विटरका दुईवटा पोस्ट हटाउँदै झुठो हमलाको खबर राखिएको दाबी गरेको थियो । युक्रेनी राष्ट्रपतिय सल्लाहकारले रुसी आक्रमणको कारण मारिउपोलमा २ हजार ५ सय भन्दा बढी स्थानीय वासिन्दाको ज्यान गएको बताएका छन् । बीबीसीबाट