थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

by समतल अनलाइन

बुटवल । थोर्गा रुपन्देही सम्पर्क समाजले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजलाइ सामाजिक क्षेत्रमा क्रियाशिल बनाउन आग्रह गरे ।

दशैं तिहार,छठ तथा नेपालसम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको र आज नै समाजको नया नेतृत्वपछिको पहिलो बैठक समेत सम्पन्न गरिएको समाजका अध्यक्ष मिनप्रसाद पोखरेलले बताए ।

सो अबसरमा संस्थाका निर्बतमान अध्यक्ष रामप्रसाद पोखरेल,उपाध्यक्ष कमलप्रसाद गौतम, सचिबका रामचन्द्र ज्ञवाली, कोषाध्यक्षमा बसन्त श्रेष्ठ, बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष तथा समाजका कार्यसमिति सदस्य ओम ओम ज्ञवाली, समाजका सदस्य कपिल ज्ञवाली, लगायतले बोल्दै समाजलाइ समयसमपेक्ष रुपमा सदस्यताबृद्धि गरि अगाडी बढाउन सुझाब दिएका थिए ।

सो कार्यक्रममा बुद्ध सामुदायिक टेलिभिजनमा निर्बा्चित अध्यक्ष ओम ज्ञवाली, उपाध्यक्ष गोपाल ज्ञवालीलाइ सम्मान समेत गरिएको थियो । सो समाजको साउन ७ गते भएको चौथो साधारणसभा तथा दोश्रो अबिधेशनले आगामी ३ बर्षका लागि पोखरेलको अध्यक्षतामा १७ सदस्यिय नया कार्यसमिति चयन गरेको थियो ।

 
 
  
 

You may also like