नेपाल कम्युनिष्ट पार्टी राजनीतिक पार्टी नभइ एउटा मोर्चा मात्र हो : काँग्रेस नेता खाँण

by समतल अनलाइन

बुटवल । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी राजनीतिक पार्टी नभइ एउटा मोर्चा मात्रै भएको टिप्पणी गरेका छन ।

नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर कमिटिले शनिबार मणिग्राममा गरेको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता खाँणले नेकपालाइ कम्युनिष्टहरुको मोर्चाको संज्ञा दिएका हुन । ‘नेपाल कम्युनिष्ट पार्टी पार्टी होइन कम्युनिष्टहरुको एउटा मोर्चा हो । त्यो मोर्चा भित्र कहिल्यैपनि एकता हुन सक्दैन’ नेता खाँणले भने ।

जव जव आफनो अस्तित्व तथा नेतृत्व संकटमा पर्छ तव तव कम्युनिष्टहरु एक भएपनि शक्ति प्राप्त गरेपछि फेरी फुट्ने र आपसमै लडने भएकाले नेकपा कम्युनिष्टहरुको मोर्चा भएको टिप्पडी नेता खाँणले गरे । काँग्रेस संसदिय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले कार्यशैली,नीति, दृष्टिकोण तथा सिद्धान्तका कारणले पनि कम्युनिष्टहरुको शासन सत्ता लोकतान्त्रिक पद्यतीमा सफल हुन नसक्ने दावी गरे ।

कम्युनिष्टहरुले मन मष्तिक्सले लोकतन्त्रीक पद्यतीलाइ स्वीकार नगरेकाले देश र जनताको हित यो सरकरबाट हुनै नसक्ने नेता खाँणको दावी थियो । नेपालका कम्युनिष्ट र प्रजातान्त्रिक शक्तिहरु बिचको राजनीतिक द्धन्द्धकै कारण कम्युनिष्टहरु लामो समय टिक्न नसक्ने बताए ।
दुइ तिहाइको कम्युनिष्ट सरकारले अन्तराष्ट्रिय शक्ति सन्तुलन मिलाउन नसकेको उनले बताए ।‘ कम्युनिष्टहरु भारतीय प्रधानमन्त्री आए नेपालालाइ पुरै मोदीमय बनाउछन ।

चिनीया राष्ट्रपति आउदा सि मय बनाइदिने’नेता खाँणले भने । पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले भारतमा जाँदा मोदी नीति र चिनमा जाँदा सि नीति भनीदिने दोहोरो चरित्रकै कारण नेपालले आज सम्म जोगाउदै आएको निश्पक्ष नीति, हैसियत तथा अडान खतरामा परेको टिप्पडी पनि गरे । नेपालमा कम्युनिष्ट सत्ता स्थापित गर्ने कोशिष भइरहेको दावी गर्दै उनले चिनीया कम्युनिष्ट पार्टी र नेकपा बिच नेपालमा चिनीया शासनको प्रयोग गर्ने सम्झौता भएको दावी गरे ।

काँग्रेस कमजोर हुँदा राष्ट्र,राष्ट्रियता र लोकतान्त्रिक मुल्य मान्यता कमजोर हुने भएकाले राष्ट्र हितकालागि काँग्रेसलाइ सुदृढ र बलियो बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाइ आग्रह गरे । कार्यक्रमा नेपाली काँग्रेसका प्रदेश सभासद रमा अर्यालले दुइ तिहाइको सरकार महिला बिरोधी सरकार भएको टिप्पडी गरीन ।

विश्वमाझ लज्जित गराउने सभामुख प्रकरण सगैं महिला हत्या हिसा र बलात्कारमा संलग्नलाइ सरकारले नै संरक्षण गरेर महिला बिरोधी सरकारको पहिचान स्थापित गर्न सफल भएको सभासद अर्यालले बताइन । काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण,ट्रेड युनियनका केन्द्रिय अध्यक्ष जेवि गुरुङ,नगर अध्यक्ष भरत भुसाल,केशरी पाण्डे,जुना राना,नारायण डुम्रे लगायतले बोल्दै दुइ तिहाइको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको गुनासो गरे ।

ओली सरकराले समृद्ध नेकपा सुखी कार्यकर्ताको अवधारणा अनुरुप काम गरीरहेको गुनासो काँग्रेस नेता कार्यकर्ताले गरेका थिए ।

 
 
  
 

You may also like