सवारी दुर्घटनामा परि ज्यान गुमाएका भुर्तेलको परिवारलाई स्थानीयको आर्थिक सहयोग,

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । सवारी दुर्घटनामा परि मृत्यू भएका ३३ वर्षीय थान प्रसाद भुर्तेलको परिवारलाई स्थानीयले आर्थिक सहयोग गरेका छन् । शनिबार उनको १३ अौँ दिनको पुण्य तिथिको अवसरमा स्थानीयले ३५ हजार ६ सय २० रुपियाँ आर्थिक सहयोग गरिएका हुन । गत असोज २१ गते दशैको दिन बिहान स्कुटि दुर्घटनामा परि भुर्तेलले ज्यान गुमाएका थिए।

आर्थिक कमजोर रहेको भुर्तेलको परिवारलाई वडा न.८ शान्तिटोलका स्थानीयले सक्दो रकम संकलन गरि संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरिएका थिए । यस अघि पनि भुर्तेलको १० अौँ दिनको पुण्य तिथिको अवसरमा नेकपा सैनामैना वडा न.८ वडा कमिटिले
२० हजार ६ सय ६० रुपैयाँ सहयोग गरेको थियो ।

 
 
  
 

You may also like