रुसले युक्रेनमा ‘केमिकल’ हमला गर्न सक्ने चेतावनी

किभ । रुसले युक्रेनमा जैविक हतियारको प्रयोग गर्नसक्ने विज्ञरूले चेतावनी दिएका छन् । रुसले युक्रेनमा हालै गरेका हमलाबारे छलफलपछि अधिकांश पश्चिमा अधिकारीले यस्तो चिन्ता जनाएका हुन् ।

अमेरिकी प्रेस सचिव जेन साकिले रुसले अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकासबारे आधारहीन दाबी गर्दै आफ्ना अनैतिक क्रियाकलालाई जायज तुल्याउने रणनीति अपनाउन खोजिरहेको बताएकी छन् ।
युद्ध थप विस्तार हुँदै जाने र रुसले गैरपरम्परागत हतियारको प्रयोग सुरु गर्ने सम्भावना बढ्दै गएको बताइएको छ ।

गैरपरम्परागत हतियारमा रासायनिक हतियार, सानो स्तरका परमाणु हतियार, जैविक हतियार र डर्टी बमलगायत पर्छन् । रुस संलग्न भएको अन्य लडाइँमा पनि यस्ता हतियारको प्रयोग गरिएको हुनाले नै यसबारे शंका गरिएको छ ।

बुधबार रुसले युक्रेन हमलामा ‘थर्मोबेरिक रकेट’ को प्रयोग गरेको थियो । जसलाई ‘भ्याक्युम बम’ भनिन्छ । यसले आसपासको हावाबाट अक्सिजन सोसेर अधिक उच्च तापमान सिर्जना गरी विस्फोटन गराउने गर्छ । यसले त्यही आकारका अन्य विस्फोटक पदार्थभन्दा धेरै ठूलो स्तरमा प्रभाव पार्नसक्छ । त्यसको रेन्जमा हुने मान्छेका लागि घातक हुनसक्छ ।

मेसिनरिज्ले अफ्रिका, सिरिया, लिबियालगायत देशमा यस्तो किसिमका मानवअधिकार विरोधी अपराध गरेको रुसमाथि आरोप लाग्दै आएको छ । उता रुसी पक्षले युक्रेनले आणविक हतियार निर्माण गर्ने प्रयास गरिरहेको दोष लगाएको छ ।

रुसले सिरियामा रासायनिक हतियारको प्रयोग गर्नुअगाडि यस्तै किसिमको आरोप लगाएर हल्ला फैलाउने प्रयास गरेको थियो । सन् २०१८ मा रुसले जासुस भनिएका सेर्गी स्क्रिपालको हत्या प्रयासमा विशेष किसिमको विषाक्त रसायन प्रयोग गरेको पत्ता लागेको थियो । जुन घटनाले निकै चर्चा पाएको थियो ।

त्यसैगरी, सन् २०२० मा विपक्षी एलेक्सी नेल्भेनीमाथि पनि त्यस्तै हत्या प्रयास गरिएको थियो । रासायनिक हतियारलाई यसका विषाक्त गुणमार्फत जानीजानी हत्या गर्न या गम्भीर क्षति पुर्‍याउने मनसायले प्रयोग गरिन्छ ।
रासायनिक हमलाले अनावश्यक रूपमा पीडा दिने र अप्राकृतिक असर हुनाले अन्तर्राष्ट्रिय मानवतावादी कानुनअन्तर्गत रासायनिक हमलामाथि प्रतिबन्ध लगाइएको छ । बीबीसीबाट

 
 
  
 

You may also like