युक्रेनको खेरसन शहर रुसी सेनाकाे कब्जामा, स्थानीयले भने, ‘तत्काल हाम्रो भूमि छोड’

काठमाडौं । युक्रेनले नियन्त्रणमा लिएको खेरसन शहरका वासिन्दाहरुले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणको विरुद्धमा युक्रेनीहरुले प्रदर्शन गरेका हुन् ।

खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी शहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूणर् नारा लगाएका थिए । युक्रेनी झण्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए ।

‘यो सयौंको होइन्, हजारौंको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले बीबीसीलाई भने । ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौं’ उनले थपे, ‘हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरुलाई यहाँ देख्न चाहन्नौं भन्यौँ । हामी युक्रेनमै बस्न चाहन्छौं । हामी युरोपमा बस्न चाहन्छौ, रुसमा होइन ।’

प्रदर्शन तितर-वितर पार्न रुसी सेनाले हवाई फायर गरेको उनले बताए । यसैबीच, खेरसनमा विद्युत र इन्टरनेटको सीमित सुविधा भएको स्थानीयले बताएका छन् ।

 
 
  
 

You may also like