आफ्नै १२ वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ

कपिलवस्तु । आफ्नै १२ वर्षीया छोरीको हत्या गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
बाणगंगा नगरपालिका-१ उत्तमनगर निवासी सीता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । छोरीको हत्यापछि शव लुकाउन जाँदै गर्दा नेपालीलाई सशस्त्र प्रहरीले व्यास क्याम्प पिपरा नजिकबाट प्रकाउ गरेको छ ।

छोरीको हत्यापछि शव बगाउन कोठीखोला नदीतर्फ जाँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । नेपालीले आफ्नी छोरीको हत्या गर्नुको कारण खुलेको छैन । ‘घटनाका सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौं’, भण्डारीले भने ।

 

 
 
  
 

You may also like