युक्रेनको दावी : हामीले पाँच दिनमा ५,७१० रुसी सैनिक मारिसक्यौं

]किभ । युक्रेनमा भएको भीषण युद्धको पाँच दिनमा पाँच हजार ७१० रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीहरूले दाबी गरेका छन् ।

युक्रेनको जेनेरल स्टाफका एक जना प्रवक्ताले फेसबुकमा पोस्ट गरेको भिडियो सन्देशमा २०० भन्दा बढी रुसी सैनिकलाई युद्धबन्दी बनाइएको पनि बताएका छन् । ती अधिकारीले १९८ रुसी ट्यांक, २९ विमान, ८४६ बख्तरबन्द गाडी र २९ हेलिकोप्टर पनि ध्वस्त पारेको दाबी गरेका छन् । यी दाबीको स्वतन्त्र पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमणमा मस्कोको फौज ठूलो क्षतिबाट गुज्रिरहेको यूकेको रक्षा मन्त्रालयको विश्वास छ । रुसी सैनिक नमारिएको दाबी गरेको मस्कोले आइतबार आफ्ना सैनिकहरू हताहत भएको स्वीकार गर्न बाध्य भएको थियो । बीबीसीबाट

 
 
  
 

You may also like