पाल्पामा छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

by समतल अनलाइन

पाल्पा । पाल्पामा दुई ट्रक एक आपसमा ठोकिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । तानसेन रिडी सडकखण्डको रिब्दीकोट गाउ“पालिका–२ देउरालीको जोर्ते उकालोमा लु १ ख ९२०२ नम्बरको ट्रकलाई ना ४ ख १७०० नम्बरको ट्रकले ठक्कर दिएको हो । मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुवंर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको तानसेन–१४ अर्गलीका संजय भट्टराईले जानकारी दिए ।
ओरालोमा गुल्मीतर्फ जा“दै गरेको ट्रकले विपरित दिशाबाट आएको ट्रकलाई ठोकेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रक सडकदेखि झन्डै ३ सय ५० मिटर तल खसेको छ ।

दुर्घटनाग्रस्त ट्रकमा सवार तीनजना यात्रु सामान्य घाइते भएका छन् । घाईतेहरुलाई तानसेनस्थित अस्पतालमा पठाइएको छ । घटनास्थलमा प्रहरी, स्थानीय बासिन्दाले उद्दार गरेका छन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्ष्ँक दीपेन्द्र जिसीले जनाए ।

यस्तै, तानसेन नगरपालिका–४, विशाल बजार नजिकै घर बनाउने क्रममा जग खन्दा माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउ“पालिका–१, घोरबन्दाका ४४ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको छ ।
विशाल बजारका रोहित कुमार रामदामको नया“ घर निर्माणका क्रममा जग खन्ने क्रममा माटोको ढिस्कोले पुरेपछि उपचारका क्रममा उनको मृत्यु भएकोे प्रहरी उपरिक्षक दीपेन्द्र जिसीले बताए ।

कुमाललाई उपचारको लागि उद्दार गरी तत्कालै तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको थियो । उनीसंगै काम गर्ने अर्का एकजना कामदार भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताए ।
उता घा“स काट्ने क्रममा रुखबाट लडेर रिब्दीकोट गाउ“पालिका–१, ख्याहाकी ३५ वर्षीय कमला पहराईको मृत्यु भएको छ । रुखबाट लडेर घाईते भएकी पहराईलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like