विप्लवका नेता पक्राउ पर्दा वम र पेस्तोलपनि बरामद

by समतल अनलाइन

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले राजपुरको जंगल क्षेत्रवाट पक्राउ (विप्लव) समुह पक्राउ पर्दा हात हतियार र नगद रकम समेत बरामद भएको जानकारी दिएको छ ।

सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) का सहोदर दाजुसहित २१ जना नेता कार्यकर्ता पक्राउ पर्दा उनीहरुको साथ बाट २ थान अमेरिकन पेस्तोल र ४ थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए । २÷२ राउन्ड गोली लोड गरिएको मेडइन यूएसए लेखिएका दूई थान पेस्तोल , कटुवा पेस्तोल ४ थान र ३०३ राईफलको गोली ५ राउन्ड बरामद भएको एसपी भट्टराईले बताए ।

त्यस्तै सुतली बम एक थान र नगद ३ लाख ८४ हजार ५ सय ३० रुपैंया नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलवाट बरामद भएका सामाग्री मध्य विभिन्न कम्पनीका २४ थान मोवाईल बरामद भएको छ ।

त्यसैगरी मध्यरातमा छापा हानेर विप्लवका सहदोर दाजु समेतलाई पक्राउ गरिएको उक्त अप्रेसनका क्रममा केन्द्रीय कमिटीको आठौं पूर्ण बैठकको राजनीतिक महत्वपूर्ण प्रस्ताव लेखिएको दस्तावेज समेत बरामद भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले बरामद भएको बताए । ‘२५ पानको तीन ठेली राजनीतिक प्रस्ताव लेखिएको महत्वपूर्ण दस्तावेज बरामद हुनु प्रहरीको लागि ठूलो सफलता हो,’ डिएसपी शाहले भने ।

त्यसैगरी दिपराज शेरपाईलीको नामको ग्लोवल आईएमी बैंकको २ थान चेक तथा तिलकबहादुर गुरुङ र दिपराज शेरपाईलीको संयुक्त नाममा आईएमी बैंकको चेक २ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

आर्थिक सहयोग लेखिएको ३० थान लेटर प्याड, पार्टी परिचय पत्र र प्रेस विज्ञप्ति लेखिएको ४÷४ पानको ६ ठेली, नेकपाको छाप १ थान, विप्लव राजनीतिक दर्शनका कितवा १३ थान, विभिन्न डायरीहरु १६ थान र २१ थान झोला बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका सबै नेता कार्यकर्ता विरुद्ध दाङ प्रहरीले संगठित अपराध तथा राज्य विरुद्धको अपराधमा मुद्दा दर्तागरि अनुसन्धान सुरु गरिएको प्रबक्ता शाहले जानकारी दिए ।

 
 
  
 

You may also like