पाल्पामा अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

by समतल अनलाइन

पाल्पा । अस्पतालको लापरवाहीले नवजात शिशुको ज्यान गएको छ । लुम्बिनी मेडिकल कलेज प्रवासमा सुत्केरी हुन आएकी गुल्मीको रुरु गाउ“पालिका–५ की सरिता श्रेष्ठले जन्माएको शिशुको मृत्यु भएको हो ।
आफन्तका अनुसार सात महिनाको बच्चा डाक्टरले गत २४ असोजमा शल्यक्रिया गरेर निकालेका थिए । उनको शल्यक्रिया गरी निकाल्ने क्रममा टाउकोमा चोट लागेको थियो ।

अस्पतालका अनुसार शल्यक्रिया गरेर निकाल्ने क्रममा चोट लागेकाले तीन वटा टा“का लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । अस्पतालका निर्देशक सन्तोषलाल श्रेष्ठका अनुसार शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको हो ।

सुत्केरी आमाको लुम्विनी मेडिकल कलेजमै उपचार भएको हो । अस्पताल र पीडित परिवारबीचका आपसी सहमतिमा बिहिबार घरफर्केका छन् । निर्देशक श्रेष्ठका अनुसार परिवारलाई सम्झाई बुझाई गरेर घर पठाइएको छ ।

‘गर्भवती महिलालाई विभिन्न समस्या आएपछि अस्पताल आएका हुन्,’ उनले भने, ‘दुई महिना अघि नै जन्मेकाले भेन्टिलेटरमा उपचार भइरहेको थियो ।’ अस्पतालले बचाउने प्रयास भएपनि नसकिएको उनले बताए । ३२ सातामै बच्चा जन्मिएको थियो । बच्चा डेढ किलोको रहेको अस्पतालले जनाएको छ । प्रहरीका अनुसार २४ गते अप्रेसन गरेको महिलाले जन्माएको बच्चाको टाउकोमा सानो चोट देखिएको थियो ।

 

 
 
  
 

You may also like