गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

by समतल अनलाइन

भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिमानस्थलको धावन मार्गको काम सकिएको छ भने प्रशासनिक भवनमा फिनिसिङ्गको काम धमाधम भई रहेको छ ।

भुईमा मार्वल्स बिछ्याउने तथा टाईल्स लगाउने काम भई रहेको छ । टर्मिनल भवनमा पनि मार्बल, टायल, सिसिटिभी, एक्स–रे मेसिन जडान लगायनको काम सुरु भएको छ ।
यस्तै आगमन तथा प्रस्थान भवन तर्फ पनि छानो लगाउने काम अन्तिम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी गराएको छ । विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माण अन्तर्गतका भौतिक संरचना निर्माणको अन्तिम अन्तिम अवश्थामा रहेको छ । टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ ।

उनले अबको काम भनेको बिशेष गरि उपकरण जडानको काम मात्र भएको हुदा उपकरण आएर जडान भए पछि भौतिक प्रगति स्वतः बढ्ने बताए । अहिले भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सकिएको अधिकारीले जानकारी दिए ।

उपकरणहरु आई सके पछि सम्भवतः सन २०१९ को डिसेम्बर सम्म बिमानस्थलको काम सम्पन्न हुने अनुमान रहेको अधिकारीले बताए । सबै काम सकाएर नेपाल भ्रमण बर्षको पहिलो त्रैमासिक सम्म बिमानस्थल सञ्चालनमा ल्याउने गरि प्रयास भै रहेको उनले बताए ।

त्यस अघि बिमानस्थल सञ्चालनको लागी आवश्यक पर्ने अध्यागमन, क्वारेन्टाईन, भन्सार, मौषम बिभाग, सुरक्षा निकाय लगायतका पदाधिकारीहरु संगको छलफल अगाडी बढाईएको छ ।

 

 
 
  
 

You may also like