जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द

by समतल अनलाइन

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मको लाग बन्द गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सूचना जारी गर्दै शान्ती सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्तारनविकरण, पेन्सन सिफारीसरप्रमाणित, नाबालक परिचय पत्र लगायतका अन्य सेवाहरु अर्को सूचना नभए सम्मको लागी स्थगन गरेको जनाएको छ ।

प्रमुख जिल्ल अधिकारी ऋषिराम तिवारीद्वारा जारी भएको सूचनामा अत्यावश्यक सेवा लिन आउनेका लागी पनि खोप कार्ड अनिवार्य गरेको छ ।

कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आईसोलेसनमा रहेको र कार्यालयमा अत्याधिक भिडभाडभै कोभिड थप फैलिन सक्ने बताउदै प्रजिअले कार्यालय बन्द गरेको ए ।

 
 
  
 

You may also like