रुपन्देहीको गैडहवामा सार्बजनिक सुनुवाई सम्पन्न

by समतल अनलाइन

बुटवल । रुपन्देहीको गाउपालिकामा गैडहवा गाउपालिकाको आ.ब .२०७८र०७९ को चौमासिक योजना सञ्चालन बारे सार्बजनिक सुनुवाई भएको छ।

सार्बजनिक सुनुवाईमा सोवाग्राहीहरुले गाउपालिकाबाट उपलब्ध हुने सेवा र योजना सञ्चालनको प्रभावकारी,प्रादशिता र सुशासनबारे सवाल उठाएका थिए। कृषि, सिंचाई, सडक कालोपत्रे, स्वास्थ्य, शिक्षा, पुर्वाधार बिकासमा गाउपालिकाले सेवाग्राही जनतासंग समन्वय र सहकार्य नगरेको, बजेट बिनियोजन भएर पनि कार्यान्वयन गर्नमा पक्षपात गरेको, राजनैतिक पुर्बाहग्राही राखी योजना सञ्चलान गरिएको, यस्तै कार्यक्रममा गाउपालिका स्तरिय न्यायिक समितिबाट हुने खर्च पार्दर्शिताका बारेमा सवाल उठाएका थिए।

यसैगरी कार्यक्रममा टोल बिकासका लागि बिनियोजित रकम प्रादर्शिता, कृषकहरुलाई धानबाली क्षतिको राहत बितरणमा ढिलाई र सिफारिसमा पक्षपात गरिएको, स्थानिय सरकार संचालन कार्यबिधी ऐन बिपरित जनप्रतिनीधिहरुले लिएको पोसाक भत्ता, सञ्चार खर्च लगायत बिषयमा सवाल सार्बजनि सुनुवाईमा उठेका सवालहरुको जवाफ गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल, उपाध्यक्ष सुभावती यादब, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिबी घिमिरे, वडा नं। ४ का वडा अध्यक्ष सिकन्दर कुर्मी,वडा नं।६ का वडा अध्यक्ष राम बेलास यादव, वडा नं।९ का वडा अध्यक्ष टेक बहादुर बलालले जवाफ दिनु भएको थियो।

रामदेव यादब,जयनारायण जैसवाल,तुलसीराम यादव, मुन्सीभर, धिरेन्द्र बरई, शिब कुमार यादब, मैना गिरी, दान बहादुर घर्ति, राधेश्याम मुराव लगायतले सवाल उठाएका थिए।
सामुदायिक रेडियो कञ्चन ९५।८ मेगाहर्ज, कञ्चन(३ रुपन्देहीको सहजिकरणमा भएको सार्बजनिक सुनुवाई गैडहवा(३, समयमाई थान हात्ती बजारमा भएको थियो।

 
 
  
 

You may also like