२४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित, ४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकको संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ ।

कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाए । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।

६१३ जना निको भएका छन् ।

 

 
 
  
 

You may also like